आजकाे माैसम : अधिकांश भागमा मौसम सफा

मूलखबर संवाददाता
काठमाडौं, १८ मंसिर

आज अधिकांश भागमा मौसम सफा रहने माैसम पुर्वानुमान विभागले जनाएकाे छ  । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ ।