नेपाली कम्युनिस्ट पार्टीकाे एकता सन्देश सभा अब मंसिर १२ देखी (कार्यतालिका)
नवगठीत नेपाली कम्युनिस्ट पार्टीले गर्ने भनिएकाे एकता सन्देश सभाकाे मिति केन्द्रीय कार्यलयले परिमार्जनसहित ठाेस गरेकाे छ । जस अनुसार यसअघी मंसिर ९ देखी गर्ने भनिएकाे एकता सभा मंसिर १२ देखि सातै प्रदेशमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।
सोमबार पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव कुमार नपालले हस्ताक्षर गरी जारी विज्ञप्तिअनुसार नेकपाले १२ मंसिरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।
यसैगरी, १३ मंसिरमा लुम्बिनी प्रदेशको दाङ देउखुरीमा, १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा र १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।
त्यस्तै, १७ मंसिरमा उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेशअन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा र २१ मंसिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।
यसैगरी, २३ मंसिरमा बागमती प्रदेशअन्तर्गत हेटौँडामा र २६ मंसिरमा प्रदेश कार्यालयहरूको निर्णयअनुसार सबै जिल्लाहरूमा एकता सभा आयोजना हुने नेकपाले जनाएको छ ।






