निर्वाचन आयाेगले सार्वजनिक गर्याे नयाँ प्रतिनिधि सभाकाे निर्वाचनको तालिका

मूलखबर संवाददाता
काठमाडौं, २० असाेज

जेनजी आन्दोलनकाे बलमा गठीतअन्तरिम सरकारले प्रस्थाव गरेकाे प्रतिनिधि सभा सदस्यकाे निर्वाचन मितिमा निर्वाचन गर्नेगरी गरेको निर्णय मुताविक निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।

आयोगले जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।

कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका संकलनपछि मतगणना सुरू गरिनेछ। त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।