आजकाे माैसम: वर्षा राेकिँदै, मनसुन बाहिरिँदै, काेसीका केही स्थानमा हुनेछ हल्का वर्षा

मूलखबर संवाददाता
काठमाडौं, १९ असाेज

माैसम पुर्वानुमान विभागले पुर्व जानकारीअनुसार आज र भाेली अझै भारी वर्षा हुनुपर्ने थियाे तर अनुमानविपरित हिजाे साँझबाटै वर्षा क्रमशः राेकिएकाे छ । आजबाट पानी पार्ने जलवाष्पयुक्त मनसुन नै बाहिरिन लागेकाे छ ।

आज दिउँसो कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ।

कोसी प्रदेश र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक दुई-स्थानमा भारी वर्षाको सम्भावना छ।

अहिले माैसम प्रणाली कमजाेर भइसकेको छ । माैसम विदका अनुसार बागमती र मधेस प्रदेशमा अब ठुलाे पानी पर्ने छैन ।

आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा वर्षाकाे सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।