विपदकाे खतराबारे सजग रहन राष्ट्रपति पाैडेलकाे अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गर्नुभएको छ । हिजो विज्ञप्ति निकालेर उहाँले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गर्नुभएको छ । यस्तै विभिन्न राजनीतिक दलहरुले निरन्तरको वर्षापछि उत्पन्न विपद्को अवस्थामा उद्धार तथा सहयोगका लाग्न आग्रह गरेका छन् ।





