नेकपा एमालेले डाक्याे केन्द्रीय समिति र सचिवालय बैठक

मूलखबर संवाददाता
काठमाडौं, १७ असाेज

जेनजी आन्दोलनपछि सत्ताच्युत भएको नेकपा एमालेपनि पार्टी पुनर्गठनको प्रक्रियामा जानुपर्ने वाध्यतामा पुगेको छ । उसले  पार्टीको  केन्द्रीय कमिटी बैठक असोज २७ र २८ गते काठमाडौँमा आयाेजना गरेको छ ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालय बैठक बोलाइएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सत्ताच्युत हुन पुगेको एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीले असोज १२ गते पहिलो पटक सचिवालय बैठक बोलाएका थिए ।

सोही बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै उक्त बैठकमा छलफल गर्ने एजेन्डा तय गर्न असाेज १९ र २० मा सचिवालय बैठक बोलाएको हो ।