प्रचण्डको प्रस्ताव: अध्यक्षले संयाेजक र पदाधिकारी सचिवालय रहेकाे आयाेजक समिति बनाओैं

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

नेकपा माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यसक्रममा उनले महाधिवेशन आयोजक समितिको प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रचण्डले महाधिवेशनलाई व्यवस्थित रूपले सम्पन्न गर्न पार्टीका अध्यक्ष प्रचण्डको संयाेजकत्वमा महाधिवेशन आयाेजक समिति बनाउने र हालका पदाधिकारी रहेकाे सचिवालय बनाउन प्रस्ताव गरेका हुन् ।