माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा, भोली केन्द्रीय समिति बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बसेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्क्षयतामा बसेको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।
जेन—जी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रश्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
आज बसेको स्थायी समिति बैठकले भोलीबाट राजधानीमा गर्न लागिएको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ । भोलीबाट हुने केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रका पदाधिकारी, स्थायी समिति सदस्हरु, केन्द्रीय सदस्यहरु, बैकल्पीक केन्द्रीय समिति सदस्यहरु, केन्द्रीय अनुशासन र लेखा समितिका पदाधिकारी र सदस्यहरु, केन्द्रीय सल्लाहाकारहरु, प्रदेश समितिका पदाधिकारीहरु र विभागका सदस्यहरु सहभागि हुने केन्द्रीय कार्यलय सचिव गणेशमान पुनले जानकारी दिनुभयो ।





