राष्ट्रपति र प्रधानमन्त्री भेट, मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

यसघि राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की फर्कीएकी थिईन ।
राष्ट्रपति कार्यालयका एक अधिकारीले भने- प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो, .
भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।





