अन्तरिम सरकारले गर्यो एकै दिन यस्ता महत्वपूर्ण ९ निर्णयहरु
जेन जीको आन्दोलनको बलमा गठन भएको शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले हिजो असोज ५ गते एकै दिन थुप्रै महत्वपूर्ण र जनप्रिय निर्णयहरु गरेको छ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी प्रमूख रहेका हितेन्द्रदेव शाक्यलार्य हटाएर उनको ठाउँमा इन्जीनियर मनोज सिलवाललाई नियुक्त गरेको छ भने शाक्यलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ ।
त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागको प्रमूखमा टपेन्द्र कार्कीलार्ई नियुक्त गरेको छ भने जेन जी आन्दोलनको क्रममा भएको रक्तपात र आगजनी तथा विध्वंशको छानवीन गरी कार्वाही सिफारिस गर्नको लागि पुर्व न्यायधिश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरेको छ ।
त्यसैगरी भुटानी शरणार्थी घोटाला छानवीन गरिरहेका तत्कालिन प्रहरी एआइजी मनेज कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को प्रमुखमा सरुवा गरिएको छ। हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
एकैदिन गरिएका महत्वपूर्ण नौ निर्णयहरु ः
-
जेन(जी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
-
राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त ।
-
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त
-
सीआईबीको प्रमुखमा एआईजी डा। मनोज केसीको सरुवा।
-
आन्दोलनमा भएको क्षतिको मूल्यांकन गर्न समिति गठन र पुनर्निर्माण कोष गठन गर्ने।
-
आन्दोलनमा तोडफोड र आगजनी गरिएका सवारीसाधन र औजार लिलाम गर्ने।
-
तीन करोडभन्दा कम लागतका योजना अघि नबढाउने।
-
जेन(जी आन्दोलन प्रभावितलाई छुट तथा सहुलियतको व्यवस्था।
-
सरकारी खर्चमा व्यापक कटौती गर्ने।





