विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ हटाइयाे, सिलवाल नियुक्त

मूलखबर संवाददाता
काठमाडौं, ५ असाेज

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उर्जा मन्त्री कुलमान घिसिङकाे प्रस्तावमा शाक्यलाइर् हटाइएकाे हाे । उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यस अघी कुलमानलाइ तत्कालिन अाेली सरकारले ३ महिना कार्यकाल बाँकी रहँदा अन्यायपूर्ण तबरले बर्खास्त गरेकाे थियाे । सरकारले कुलमानलाइ जल तथा उर्जा अायाेगकाे विशिष्ट श्रेणिमा सरूवा गरेकाे छ ।