माओवादी केन्द्रको पदाधिकारी बैठक आज पेरिसडाँडामा बस्ने
जेन जेड पुस्ताकाे अान्दाेलनपछि पहिलाेपटक अाज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकले जेनजी अान्दाेलनकाे समिक्षा गर्नुका साथै निर्वाचनकाे तयारीकाे लागि कार्ययाेजना र जिम्मेवारीसमेत ठाेस गर्नेगरी केन्द्रीय समितिकाे बैठक अायाेजना गर्ने विषयमा निर्णय लिने सम्भावना छ ।





