जेन जी आन्दोलन : २ हजार ७९ भवन आगजनीमा ध्वस्त

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरूद्व जेनजी पुस्ताले गरेकोे आन्दोलनका क्रममा भएको आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रूपमा जलेर ध्वस्त बनेका छन् । १ हजार ५ सय ६० वटा भवनमा भने आंशिक क्षति पुगेको छ ।

प्रहरी मातहतका १ सय ९७ वटा कार्यालय पूर्ण र २ सय ५८ मा आंशिक क्षति पुगेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले बताएका छन् ।

‘२ सय १० वटा सरकारी भवन पूर्ण रूपमा जलेका छन् भने ८ सय ३६ वटामा आंशिक क्षति पुगेको छ । यस्तै ४५ वटा पार्टी कार्यालय पूर्ण र १ सय ७४ वटामा आंशिक क्षति पुगेको छ ।