प्रधानमन्त्री ओलीले दिएकाे आदेश सेनाले नमानेपछी दिएका थिए राजीनामा

मूलखबर संवाददाता
काठमाडौं, २ असाेज

प्रधानमन्त्री के पी ओलीले दिएकाे आदेश सेनाले नमानेपछी राजीनामा दिन बाध्य भएकाे कुरा खुलासा भएकाे छ । सामाजिक सञ्जाल बन्द गरेर सत्ता टिकाउन तल्लीन ओली नेतृत्वकाे सरकारका विरूद्द सडकमा निस्कीएका जेनजी पुस्ताका १९ जना युवा तथा विधार्थीहरूकाे गाेली हानी हत्या गरिएकाे घटनालाइ नैतिक रूपमा जिम्मेवारी लिँदै राजीनामा दिनुकाे बदला अझै दमन गरेरै  तह लगाउने याेजनामा रहेका प्रधानमन्त्रीकाे हठका कारण देशमा धेरै जनधनकाे क्षति भएकाे कुरा प्रष्ट भएकाे छ ।

उनले दाेस्राे दिन विवेक नगुमाएकाे भए देशले यति धेरै क्षति भाेग्नुपर्ने थिएन । उनलाइ साथ दिने कांग्रेस सभापति देउवाले पार्टीका नेताहरूले भनेकाे कुरा मानिदिएकाे भएपनि यस्ताे अवस्था आउने थिएन । देउवाकाे समथर्नकाे बलमा ओलीले दुइ चार हजार मरे मर्छन सुरक्षा गर्नुस् भनेर सेनालाइ नभनेकाे भएपनि यस्ताे अवस्था आउने थिएन । यसबारे बालुवाटारमा भएकाे सुरक्षा प्रमुखहरूसहितकाे बैठकमा भएकाे छलफल र सेनाले लिएकाे जनता नमार्ने अडानपछि बल्ल उनले राजीनामा दिएकाे विषय अहिले कान्तिपुरले प्रकासन गरेकाे छ ।

सडकमा प्रदर्शन नियन्त्रणबाहिर थियो । व्यक्तिका घर, व्यावसायितह लगाउने क प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भइरहेको थियो । प्रहरी कार्यालय सबैतिर जलिरहेका थिए । होटलमा आगलागी भइरहेको थियो । तर, उता ओलीले भने बेलुका ६ बजे ‘सर्वदलीय बैठक’ बोलाए, उनी स्थिति आफ्नै नियन्त्रणमा हुन्छ भन्ने मनस्थितिमा थिए ।

त्यही बेला ओलीको बालकोटस्थित निजी घरमा पनि आगजनी भएको खबर आइपुग्यो । बाहिर तोडफोड, आगजनी र लुटपाटको घटना तीव्र रूपमा बढ्दै गएको रिपोर्ट आइरहेको थियो । प्रधानसेनापति सिग्देल फेरि बैठक कक्षमा छिरेर ओलीले राजीनामा दिनैपर्ने अन्यथा कसैले पनि सुरक्षाको जिम्मा लिन नसक्ने चेतावनी दिए । ओली भने ‘जिम्मेवारी पूरा गर्न नसकेको’ भन्ने सुरक्षा संयन्त्रप्रति क्रुद्ध बने । लगत्तै तत्कालीन अर्थमन्त्री पौडेल भित्र छिरेर ओलीसँग छुट्टै कुराकानी गरे ।

केहीबेरमा बाहिर निस्किएर पौडेलले सुरक्षा अधिकारीहरूलाई भने, ‘ल अब प्रधानमन्त्रीको राजीनामा आउँछ, बाहिरको परिस्थिति नियन्त्रणमा राख्नुहोला ।’ पौडेल, रिमाल, ज्ञवालीका साथै मुख्यसचिव र प्रधानसेनापति बसेर प्रधानमन्त्रीको राजीनामापत्रको मस्यौदा तयार भयो । राजीनामाको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई त्यहींबाट अवगत गराइयो ।

दिउँसो करिब सवा २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे । सामान्य अवस्थामा प्रधानमन्त्रीले आफ्नो राजीनामा राष्ट्रपतिसमक्ष आफैं उपस्थित भएर दिने चलन छ । ‘तर त्यो असामान्य दिन एक सुरक्षाकर्मीले प्रधानमन्त्रीको राजीनामापत्र बोकेर राष्ट्रपति निवास पुर्‍याउनुभयो, लगत्तै राष्ट्रपतिले स्वीकृत गर्नुभयो,’ बालुवाटारका एक अधिकारीले भने ।