पेरिसडाँडामा प्रचण्ड: पार्टी कार्यलय अवलोकनदेखी श्रममा सहभागी

मूलखबर संवाददाता
काठमाडौं, ३१ भदौ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जीकाे आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।

 

आन्दोलनको क्रममा दाेस्राे दिन पार्टी कार्यलय ताेडफाेड र आगजनी गरी क्षतिग्रस्त बनाइएको थियाे भने कार्यलयका कम्प्युटर, प्रिन्टरलगायतका सामान, टेबुल कुर्सी समेत लुटिएको थियाे ।

जेन जिकाे आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले पार्टी कार्यलयमा सरसफाइमा श्रममा समेत सहभागी हुनुभएको थियाे । साे क्रममा जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रचण्डले पार्टीको आफ्नो पहलमा अहिलेकाे भन्दा ठूलो र राम्रो भवन बनाउने घाेषणा पनि गर्नुभएको थियाे ।   उहाँ सँगै पार्टीका उपाध्यक्षहरू अग्नी सापकाेटा, पम्फा भुषाल, उपमहासचिव वर्षमान पुनलगायतका नेताहरू पेरिसडाँडामा पुग्नुभएकाे थियाे ।