अन्तरिम सरकार विस्तार हुने, तीन मन्त्रीकाे नाम टुंगाे लाग्दा युवाकाे विराेध शुरू
जेन जेड यवा पुस्ताकाे दुइ दिनकाे आन्दोलनकाे बलमा बनेकाे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार विस्तार हुने भएकाे छ । मन्त्रीपरिषदमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
उनीहरूकाे सपथ आज हुने तयारी गरिएकाे छ । तर उनीहरूकाे सपथ अगाबै हिजाे रातीदेखी नै शुशीलाले राजिनामा दिनुपर्ने भन्दै जेन जेडका युवाहरूले नाराबाजी शुरू गरेका छन् ।





