जेन-जी आन्दोलन मूलतः सफल : गजुरेल

मूलखबर संवाददाता
काठमाडौं, २८ भदाै

माओवादी नेता हरिबोल गजुरेलले संसद् विघटनलाई प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण भए पनि परिस्थितिलाई निकास दिन आवश्यक कदमका रूपमा जनताले स्वीकार गरिरहेको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले जेन-जी आन्दोलन मूलतः सफल भएको मूल्यांकन गरे। उनले भने, ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन्। जेन-जी आन्दोलन मूलतः सफल भएको छ।’

देश गम्भीर संकटमा रहेको कठिन समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाउनुभएको अडान र साहसकै कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन सकेको गजुरेलले उल्लेख गरे। उनले राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुपर्ने नेता भनी उनले नै भएको टिप्पणी गरे।