कार्कीकाे पहिलाे निर्णय : जननिर्वाचित प्रतिनिधि सभा विघटन र फागुन २१ मा चुनाव
अन्ततः जनताको सर्वोच्च थलाे जननिर्वाचित प्रतिनिधिसभा विघटन भएको छ ।
जेनजी युवा पुस्ता र नेपाली सेनाका प्रधानसेनापतिकाे दबाबमा शुक्रबार मध्यराति नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेका हुन् ।
प्रतिनिधि सभा विघटनसँगै आगामी २०८२ फागुन २१ गते चुनाव घोषणा गरिएको छ । प्रधानमन्त्री कार्कीकाे सिफारिसमा फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको हाे।





