कार्कीले लिइन् प्रधानमन्त्रीकाे शपथ, प्रमुख राजनीतिक दलहरू अनुपस्थित

मूलखबर संवाददाता
काठमाडौं, २७ भदाै

प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुरक्षा निकायको शरणमा पुगेका थिए।

कार्कीलाई आन्दोलनरत जेन्जी समूहले सर्वसम्मत रुपमा प्रधानमन्त्रीमा अघि सारेको हो। त्यसयता राष्ट्रपति र प्रधान सेनापतिले विभिन्न चरणमा छलफल गरेका थिए। कार्कीलाई ६ महिनाभित्र आम निर्वाचन गर्नेगरी आज प्रधानमन्त्री नियुक्त गरिएको हो।

उनकाे सपथमा प्रमुख राजनीतिक दलहरू सहभागी भएनन् । नेपाली कांग्रेस, एमाले, माअाेवादी र रास्वपा नेताहरू सहभागी भएनन् भने बाबुराम भट्टराइ भने सहभागी भएका थिए ।