देश राजनीतिक सुन्यतामा : संसद विघटन गर्न बालेनको प्रस्ताव, चौतर्फी विरोध
जेन जी आन्दोलनको कारण विकसित भएको राजनीतिक शुन्यता लम्बीँदै गएको छ । आन्दोलनको क्रममा उठाएका एजेण्डा भन्दा बाहिर गएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संंसद विघटनलाई वार्ताको पुर्व सर्तको रुपमा अगाडि बढाएपछि चौतर्फी विरोध शुरु भएको छ ।
जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाउँदै बालेनले वार्ताको लागि संसद विघटनपुर्व सर्तको रुपमा अगाडि सारेका थिए । उनको सो पुर्वसर्त संविधान विरोधी भएको भन्दै चौतर्फी विरोध शुरु भएको हो ।
‘बालेलने त्यसविषयमा राष्ट्रपतिलाई समेत दबाबमुलक सुझाव दिएका थिए । उनले लेखेका थिए, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।





