जेन जी पुस्ताकाे आन्दोलन : ६ जनाकाे मृत्यु, मृतककाे संख्या बढ्ने सम्भावना
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्राेसित जेन-जी पुस्ताकाे प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित संसद भवनमाथि आक्रमण गरेपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।





