जेनजीकाे माग पुरा गर्न प्रचण्डको नाेट, गाेली काण्डकाे विराेध
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताकाे आन्दोलनमा सरकारले गरेको हस्तक्षेप र गाेली काण्डकाे विराेध गर्दै मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रचण्डले आज एक प्रेस नाेट जारी गर्दै जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
उनको नाेटकाे पुरा पाठ –
आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ।
प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।
-अध्यक्ष प्रचण्ड





