जेनजी आन्दोलन : प्रहरीको गोलीबाट १ को मृत्यु छ दर्जन बढी घाइते
जेनजी युवा पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले हानेको गोलीबाट एक विद्यार्थीको मृत्यु भएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सडकमा उत्रिएका जेन जी पुस्ताका युवा तथा विद्यार्थीहरुको समुह माइतिघरबाट बबरमहल हुँदै बानेश्वरस्थित संसद भवन नजीक पुगेपछि आन्दोलन भड्कीएको थियो ।
केही आन्दोलनकारीहरुले संसद भवन प्रवेश गरेर तोडफोड शुरु गरेपछि प्रह घुसपैठ भएको आन्दोलनकारी विद्यार्थीले बताएका छन् । काठमाडौंको वानेश्वरमा जेन जी प्रदर्शनकारीले माथि समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।





