जेन–जी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रियाे

मूलखबर संवाददाता
काठमाडौं, २३ भदाै

२८ वर्षसम्मका युवाहरूकाे समुह जेन–जी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएकाे छ । जेन जी पुस्ताकाे  विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । जेन–जीले सेप्टेबर ८ अर्थात सोमबार विहानैदेखी काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन् ।

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्डमा थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको हो ।