अब संघीय निजामती ऐन आउने, राष्ट्रिय सभाले पनि गर्याे पारित
अब संघीय निजामती ऐन आउने भएको छ । संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभाबाट पनि पारित भएसँगै याे ऐन आउने निश्चितप्राय भएको हाे ।
कुलिङ अफ पिरियड (विश्राम अवधि)मा भएको छेडखानी सच्याउँदै राष्ट्रिय सभाले सर्वसम्मत विधेयक पारित गरेको हो। प्रतिनिधिसभाले १५ असारमा विधेयक पारित गरेर सन्देशसहित राष्ट्रिय सभा पठाएको थियो।
दुई वर्ष कुलिङ पिरियड राख्न राज्य व्यवस्था समितिमा भएको सहमतिमा छेडखानी गर्दै विधेयकको अन्तिम मस्यौदामा अवकाश वा राजीनामा दिएका कर्मचारीले तत्काल नियुक्ति खान पाउने व्यवस्था घुसाएर राष्ट्रिय सभामा पठाइएकाे थियाे। उक्त विषय सच्याएर कुलिङ पिरियड दुई वर्ष नै कायम गर्दै राष्ट्रिय सभाले विधेयक पारित गरेको हो।





