प्रधानमन्त्री ओलीकाे विद्यालाई चेतावनी : भिम रावलकाे जस्तै हालत हुन्छ
सत्तारूढ दल नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे हालत भिम रावलकाे जस्तै हुने चेतावनी दिएका छन् ।
ओलीले भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने पनि बताएका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि पार्टीमा नल्याइने बताएका हुन् ।
आगामी महाधिवेशनमा भण्डारीले जित्ने आधार नरहेको बताए । अध्यक्ष ओलीले भण्डारी महाधिवेशनमा प्रतिस्पर्धा गरे पनि नराम्ररी हार्ने बताए । ‘उहाँलाई अध्यक्ष दिन सकिँदैन । उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ । उहाँ हार्नुपर्छ पार्टीको आफ्नो हितको लागि छ । लालगेडी भएर त चल्दैन नि । यो त संघर्षको मैदान हो नि ।
उनलेे भण्डारीले जिते राम्रो भए पनि त्यस्तो आधार नभएको बताएका छन् । चुनाव हारे भण्डारीको अवस्था पनि भीम रावलको जस्तो हुन सक्ने पनि ओलीको भनाइ छ ।
‘उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो । तर जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति ? अनि उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्छ । एउटा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुर्याउने ?,’ उनले भने ।





