प्रचण्ड पुगे विप्लव निवासमा, भयाे गम्भीर राजनीतिक वार्ता

मूलखबर संवाददाता
ललितपुर, ९ भदौ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् ।

प्रचण्ड र विप्लवबीच सोमबार बिहान राजनीति छलफल भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । श्रोतका अनुसार प्रचण्डले विप्लवलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।

केही समयअघि बसेको माओवादी स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।विप्लवले प्रचण्डलाई आफ्नो कुर्सीमा बसाएका थिए भने बाहिर भव्य स्वागत गरेका थिए ।