भिषण वर्षाले राजधानीमै सडक र विद्युत अवरुद्ध

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ

शुक्रबारको अविरल वर्षाले राजधानी काठमाडौंकाे टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो जाँदा ट्रान्सर्फमरमा क्षति पुगेको छ ।

पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा  पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ ।

स्थानीयवासीका अनुसार शुक्रबार ३:३० बजेतिर पहिरो गएको थियाे । वडाले पार्क निर्माण गरेको सो लाम्पाखामा कमसल निर्माण काम गरिएको कारण पहिरो आएको स्थानीय बताए ।

कुनै पनि मानवीय क्षति नभएको सो पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ।