रास्वपा सभापति लामिछानेलाई रून्देहीबाट नख्खु जेलमा सारियाे
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ ।
सहकारी ठगी प्रकरणकाे मुद्वामा काठमाडौंबाट पक्राउ गरिएका उनलाई चितवन, कास्की, रूपन्देहीलगायतका जिल्लाहरूमा मुद्दा दर्ता गरिएको थियाे । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्दिनँ निवेदन दिएका थिए ।
उनलाई सरकारले राजनीतिक प्रतसाेध साँधेर गैर कानुनी रूपमा थुनेकाे भन्दै रास्वपाले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको थियाे ।
जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा डिल्ली बजार कारागारमा स्थानान्तरणको माग गरेर निवेदन दिए पनि आफूलाई रुपन्देहीमै राखिएको भन्दै लामिछानेले गुनासो गरेका थिए । सोमबार राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले रुपन्देही कारागार निरीक्षण गर्दा पनि लामिछानेले अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यो समयमा अदालतले समेत उनलाई स्थानान्तरणका लागि अनुमति दिएको थियो ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन साउन २८ को पुरक (दोस्रो निवेदन) को आधारमा शुक्रबार रुपन्देहीबाट लामिछानेलाई नख्खु सार्ने निर्णय गरेका थिए । शनिबार रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि प्लेनमार्फत काठमाडौं विमानस्थल हुँदै नख्खु पुर्याइएको हो ।





