विश्व आदिवासी दिवसका अवसरमा प्रचण्डद्वारा शुभकामना,’पहिचानको संघर्षमा साथ छ’
आज ३१औँ विश्व आदिवासी दिवस । यस अवसरमा विश्वभरीका आदिवासी जनजातीहरुले विधि कार्यक्रमका साथ विश्व आदिवासी विदवस मनाउने गर्दछन् ।
विश्व आदिवासी दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नुभएको छ । आज विहानै एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आदिवासीको पहिचान तथा आत्मसम्मानको संघर्षमा आफ्नो साथ र समर्थन रहेको बताउनुभएको छ ।
शुभकामा सन्देशमा प्रचण्डले लेख्नुभएको छ-
नेपाललगायत संसारभरिका आदिवासी जनजाति तथा अन्य जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। पहिचान तथा आत्मसम्मानको संघर्षमा नेकपा ९माओवादी केन्द्र० को ऐक्यबद्धता१





