माओवादी केन्द्रको बैठकमा आज प्रचण्डले जवाफ दिने, बैठक आजै सकिने
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज सकिने बताइएको छ ।
गत शुक्रवारदेखि जारी नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्। पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले नेताहरुले उठाएका बिषयमा जवाफ दिने भएका हुन्।
पार्टी केन्द्रीय सचिव देवेन्द्र पौडेलले आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका विषयहरुमा प्रकाश पारेपछि बैठक सकिने बताउनुभयो । उहाँले बैठक सौहार्दपूर्ण रुपमा अगाडि बढेको र स्थायी समितिका सदस्यहरुलाई पर्याप्त जनवाद प्रयोग गर्न दिइएको बताउनुभयो । ‘सबैले आफ्ना विषय प्रष्टसँग राख्ने अवसर पाइएको छ, ‘अहिले पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा देशमा समाजवादी क्रान्ति गर्न सकिने सम्भावनालाई सबै सदस्यहरुले ब्यक्त गर्नुभएको छ, पार्टीको विधि, विधान र निर्णयलाई कार्यन्वयन गरेर जानुपर्छ भन्नेमा एकमत छ ।’ पौडेलले भन्नुभयो केही विषय भएमा बैठकमा छलफल गर्ने र काम कार्वाहीमा एकरुपता गरेर जानुपर्छ भन्ने नै सबैको मत छ ।
आजको बैठकमा बोल्न बाँकी महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।
माओवादीले स्थायी समितिको बैठकबाट पदाधिकारी बैठकले गरेको निर्णयलार्य अनुमोदन गर्दै भदौको तेश्रो साताबाट मध्यपहाडि लोकमार्गको बाँकी अभियानलाई सुचारु गर्ने निर्णय पनि गर्ने बताइएको छ ।





