महिलालाई ३३ हाेइन ५० प्रतिशत अधिकार र सहभागीताका लागि लडाैं : भुषाल
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुषालले महिलाका लागि ३३ प्रतिशत हाेइन ५० प्रतिशत नै अधिकार र सहभागीता हुनुपर्ने बताएकी छिन्का ।
पुरूषले बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेकाे विषयलाई सरकारकाे प्रतिगामी तयारी भन्दै उनले सामाजिक सञ्जालमार्फत महिलाहरूलाई त्यसकाे विरूद्व भण्डाफाेर र प्रतिवाद गर्न अपिल गरेकी छिन् ।
उनले लेखेकी छिन् –
सरकारको बहु विवाहलाई वैधानिकता दिने प्रतिगमनकारी तैयारीको सम्पुर्ण नेपाली दीदी बहिनी र न्यायप्रेमी जनसमुदायले भंडाफोर र प्रतिवाद गरौ ।राज्यका नीति निर्माण र कार्यकारी स्थानमा अब ३३ प्रतिशत मात्र होईन ५० प्रतिशत सहभागिताका लागी आवाज बुलन्द गरौ । धन्यवाद कामरेड अमृता थापा र अखिल नेपाल महिला संघ ( क्रांतिकारी ) लाई ।





