माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि, अध्यक्षको प्रस्तावमाथि नेताहरुले बोल्ने
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि जारी रहने भएको छ । संसदको पमूख प्रतिपक्षी दलको रुपमा रहेको माओवादी केन्द्रको स्थायी सििमत बैठक हिजो शुक्रबारदेखी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शुरु भएको हो । आज शनिबार बिहान ११ बजेबाट बैठक पुन सुरू हुने पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।
हिजो पार्टी अध्यष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले समसामयीक र राजनीतक तथा संगठनात्मक विषयमा आफ्नो प्स्ताव प्रस्तुत गरेका छन् भने आज हुने बैठकमा स्थायी कमिटी सदस्यहरूले धारणा राख्नेछन्।
शुक्रबार अध्यक्ष प्रचण्डले राखेको एजेन्डामाथि स्थायी कमिटी सदस्यहरूले शनिवार धारणा राख्ने प्रवक्ता सापकोटाले बताएका थिए।
माओवादी स्थायी कमिटीमा ४४ जना नेताहरु रहेका छन् । सदस्यहरूलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको पनि उनले बताए।
जारी स्थायी कमिटी बैठकमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयमा छलफल हुने एजेन्डा तय भएका छन्।





