माओवादी बैठकमा प्रचण्डले पेश गरेकाे प्रस्तावमा के छ ?

मूलखबर संवाददाता
काठमाडौं, १६ साउन

संसदकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा घनिभुत छलफल हुने देखिएकाे छ ।

शुक्रबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयकाे ब्याख्यात्मक जानकारी राख्दै बैठकका एजेन्डा प्रस्तुत गर्नुभएको छ ।

प्रचण्डले बैठकमा सरकारबारे धारणा राख्दै सरकार भन्दा संगठन निर्माण र सुदृढीकरणमा जाेड दिने प्रस्ताव अगाडि सार्नुभएकाे छ । त्यसैगरी केन्द्रीय समितिकाे बैठक बाँकी रहेकाे मध्यपहाडी लाेकमार्गकाे अभियान सकेर गर्ने प्रस्ताव गर्नुभएको छ ।

प्रचण्डले पेश गरेका मुख्य प्रस्तावहरू निम्नानुसार रहेका छन् ?
-सरकार होइन संगठनमा जोड।
-आन्तरिक समस्या आन्तरिक रुपमा समाधान।
-वर्षाले रोकिएको अभियान भदौ १५ बाट सुचारु।
-अभियान सकेर दशैंपछि केन्द्रीय समिति बैठक ।
-केस बैठकबाट महाधिवेशनको मिति तय र गत केस बैठकको मर्मअनुसार नवौं महाधिवेशनको तयारी । पार्टीमा देखिएका सबै समस्या महाधिवेशनबाट समाधान।
-समाजवादी मोर्चालाई स्थानीयस्तरसम्म सक्रिय बनाउँदै पार्टी एकीकरण र ध्रुवीकरणमा जोड।