किन खुट्टा सुन्निन्छ ? कारण र उपचारबारे जानिराखाैं
खुट्टा सुन्निनु एउटा साधारण समस्या हो । यसको कारण अति सरलदेखि अत्यन्तै जटिलसम्म हुन सक्छ । त्यसैले खुट्टा सुन्निएको छ भने, तुरुन्तै कारणको बारेमा जाँच गर्नुपर्छ । खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ ।
औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ । सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गा¥हो हुन सक्छ । जुत्ता लगाउँदा गा¥हो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ ।
सामान्यतया दुइटै खुट्टा सुन्निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुन सक्छ । विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनु पर्छ । खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ ।
यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ । रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएर एउटा मात्रै खुट्टा सुन्निन सक्छ । खुट्टा सुन्निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन् । मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु हुन् । त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन् । यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ ।
कहिले काहिँखुट्टा सुन्निने सामान्य कारण पनि हुन सक्छ । जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड आदि । यसको लागि पीर गर्नु पर्दैन । यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन ।
औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ । मोटोपना पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । यदि औषधिका कारणले सुन्निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ । खुट्टा सुन्निएको कम गर्न पिसाब बढी लगाउने औषधी सम्बन्धित विशेषज्ञलाई नदेखाइ कहिल्यै खानु हुँदैन । यसले कमजोरी गराउँछ र अचानक मुटुको समस्या पनि निम्त्याउन सक्छ ।
खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन । खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण (जस्तै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुनु) नहुनुलाई जटिल समस्याको रुपमा मानिदैन । तर, माथि लेखेको कुनै समस्या पनि खुट्टा सुन्निने सँगै छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ ।
यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ । मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ । प्रारम्भिक जाँचमै (पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट (मृगौला रोग विशेषज्ञ) लाई भेट्नु जरुरी हुन्छ । न्युज १८




