पश्चिम चितवनमा दैनिक ६ घण्टा लाेडसेडिङ शुरू, जनजिवन प्रभावित हुने

मूलखबर संवाददाता
चितवन, १० साउन

उज्यालो नेपाल भएको भनेर खुसि भएका चितवनवासी जनताहरू दैनिक ६ घण्टा लाेडसेडिङकाे तालिका सार्वजनिक भएपछि अचम्मित भएका छन् ।

विद्युुत प्राधिकरणकाे भरतपुर सबस्टेशनबाट प्रवाहित विजुली खडेरीका कारण सिंचाइका लागि प्रयाेग गर्नुपरेकाे निहुँ बनाउँदै प्राधिकरणले पश्चिम चितवनका जगतपुर, रामपुर क्षेत्रमा सर्वसाधारण उपभोक्ताका लागि दैनिक ६ घण्टाकाे लाेडसेडिङकाे तालिका सार्वजनिक गरेको हाे ।

प्राधिकरणले नारायणी- माडी फिडर, मेघाैली विजयनगर शुक्रनगर फिडर र जगतपुर रामपुर फिडरमा विहान र बेलुकी क्रमशः ३/३ घण्टा लाेडसेडिङकाे तालिका सार्वजनिक गरेको हाे ।

माओवादी नेतृत्वको सरकारले अन्त्य गरेको लाेडसेडिङ एमाले नेतृत्वको सरकार आएपछि पुन सुरू भएपछि चितवनवासी जनता मारमा परेका छन् । गर्मीको कारण अस्तव्यस्त भइरहेको जनजिवन थप लाेडसेडिङले झन आक्रान्त हुने देखिन्छ ।

नेपाल विद्युुत प्राधिकरणमा कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई कार्यकारी प्रमुख बनाएपछि देशव्यापी  अघाेषित लाेडसेडिङ हुँदै आएको भनेर समाचारहरू आइरहेका बेला चितवनमा भने सार्वजनिक सुचना नै निकालेर लाेडसेडिङ गर्न लागिएको हाे । याे प्रक्रिया चितवनमा मात्रै सिमित हुन्छ की अन्यत्र पनि विस्तार हुन्छ त्याे भने आगामी दिनमा प्रष्ट हुनेछ ।