विद्याकाे चेतावनी : कसैले चाहँदैमा मेराे सदस्यता खाेस्न सक्दैन, ४५ वर्ष भयाे पार्टी सदस्य भएको
विद्या भण्डारीले आफ्नो कम्युनिस्ट पार्टीको सदस्य कसैले चाहँदैमा खाेस्न नसक्ने चेतावनी दिएकी छन् ।
पत्रकार सम्मेलनमा उनलेे भनिन्-
अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन’ उनले भनिन्।
उनले पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भइसकेको सुनाइन्।
पार्टीको आफ्नो प्रक्रिया हुन्छ। हाम्रो पार्टी प्रणालीमा चल्छ। कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,’ उनले भनिन्, ‘३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ। पार्टीले निर्णय गरेर पठाएको हो। अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु। समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन्। त्यहाँ कुरा होला।’
उनलेे एमाले केन्द्रीय समिति बैठकले गरेको निर्णय आपत्तिजनक र अप्रत्याशित भएको बताइन् ।




