विद्या भण्डारीकाे पहिलो पत्रकार सम्मेलन : मलाई राजनीति गर्ने अधिकारबाट कसैले बञ्चित गर्न सक्दैन
पुर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यताबाट बञ्चित गरेपछि पहिलोपटक भण्डारीले पत्रकार सम्मेलन गर्दै राजनीति गर्न पाउने र दलिय आस्था राख्न पाउने आफ्नो संवैधानिक हक भएको बताएकी छन् ।
काठमाडौंकाे बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्दै भण्डारीले नेकपा एमालेले केन्द्रीय समिति बैठकबाट आफुलाई पार्टी सदस्यता नविकरण नगर्ने निर्णयले आफुलाई दुखीत बनाएकाे बताइन् ।
भण्डारीले भनिन् मेराे पार्टी सदस्यता नविकरण एक वर्ष अगाडि नै भएको थियाे, अहिले नविकरण नगर्ने निर्णय गर्नु आपत्तिजनक छ । उनलेे च्यासलस्थित पार्टी कार्यलयमा पार्टी अध्यक्ष केपी ओलीसँग साैहार्दपुर्ण छलफल भएको स्मरण गर्दै आफुलाई एमालेकाे सदस्य भएर देश र जनताको पक्षमा राजनीति गर्न कसैले राेक्न नसक्ने चेतावनीसमेत दिईन् ।





