विधानबारे छलफल गर्न एमाले केन्द्रीय समिति बैठक शुरू

मूलखबर संवाददाता
काठमाडौं, ५ साउन

सत्तारूढ दल नेकपा एमालेको विधानका विषयमा छलफल गर्न  केन्द्रीय कमिटी बैठक बसेकाे छ ।

पार्टी  केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा  विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

विधानबारे केन्द्रीय सचिवालय, पाेलिटब्युराेमा छलफल भइसकेको छ । दुबै समितिमा विधानबारे पुर्ण सहमति बन्न सकेकाे छैन ।