सरकारद्वारा श्रमिककाे न्युनतम पारश्रमिक १९,५५० निर्धारण, ट्रेड युनियन महासंघ भन्छ- धाेका भयाे, मानिन्न
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो ।
निर्णय अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय ५० पुगेको छ । ३२ असारसम्म श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो ।
मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । उनका अनुसार श्रमिककाे न्युनतम पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो ।
ट्रेड युनियन महासंघ भन्छ- धाेका भयाे, मानिन्न
सरकारले गरेकाे श्रमिककाे न्युनतम पारिश्रमिक जिवन धान्न नपुग्ने भएको भन्दै नेकपा माओवादी निकट ट्रेड युनियन महासंघले साे निर्णय धाेकापुर्ण भएको बताएको छ ।
महासंघका अध्यक्ष जगत सिंखडाले एक विज्ञप्ति प्रकाशित गरी सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस र एमाले निकट जिफन्टले श्रमिकलाई धाेका दिएकाे बताउँदै आफ्नाे संगठन ताेकिएकाे पारिश्रमिक नस्विकार्ने बताएका छन् । 
उनलेे सरकारकाे साे निर्णय बदर गरी नेपाल सरकारकाे निम्न स्तरकाे कर्मचारी बराबर श्रमिककाे पारिश्रमिक निर्धारण गर्न माग गरेका छन् । 





