एमालेमा वरिष्ठ उपाध्यक्ष हटाई १५ सदस्यीय पदाधिकारी, विद्याकाे बाटाे बन्द
सत्तारूढ दल नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष हटाएर १५ जना पदाधिकारी राख्ने प्रस्ताव सचिवालयकाे बहुमतबाट पारित भएको छ ।
पार्टीको केन्द्रीय कार्यलय च्यासलमा १० घण्टा चलेर बिहीबार मध्यरातमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सर्वसहमत नभएपछि बहुमतकाे आधारमा पारित गरिएको हाे
बैठकपछि पार्टी प्रवक्ता तथा उपमहासचिव प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार एक अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, ५ सचिव रहेको पदाधिकारीकाे संरचना पारित भएको हाे । त्यस्तै संशोधित विधानमा २५१ केन्द्रीय सदस्य रहने उल्लेख छ। एमालेमा अहिले वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन्। त्यसैगरी बैठकले सचिवालय संरचना पनि हटाएकाे छ ।
त्यसैगरी बैठकले ७० वर्षे उमेरहद र दुइ कार्यकालकाे प्रावधान पनि हटाएको छ ।
उक्त प्रस्ताव माथी बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतले गम्भीर आपत्ति प्रकट गर्दै विराेध गरेपछि बहुमतकाे आधारमा पारित गरिएको थियाे ।
विद्यालाई महाधिवेशन प्रतिनिधिबाटै बञ्चित
बैठकले पुर्व राष्ट्रपति विद्या भण्डारीलाई महाधिवेशन प्रतिनिधि बाट पनि राेक्नेगरी निर्णय गरेको छ । १० ओैं महाधिवेशनमा प्रतिनिधि भएका व्यक्तिहरू मात्रै विधान अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेर विद्यालाई राेकिएकाे हाे ।





