रसुवा बाढीले बगाएका कन्टेनरमा कपडा र खाद्यान्न

मूलखबर संवाददाता
काठमाडौं, २५ असार

रसुवामा आएकाे आकस्मिक बाढीमा भएको जनधनकाे क्षतिकाे विवरण थपिने क्रममा छ ।

भोटेकोशी बाढीमा बगेका ट्रक तथा कन्टेनरमध्ये धेरैजसोमा कपडा र खाध्य सामाग्री रहेको पाइएको छ । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बाढीले बगाएका २२ ट्रक तथा कन्टेनरमध्ये धेरैमा लत्ता कपडा र जुत्ता रहेको र एउटा गाडीमा झोला बनाउने कपडा रहेको बताए ।

उनले चिनियाँ भूमीमा खोला थुनिएर जमेको पानीमा १५ देखि १६ वटा ट्रक तथा कन्टेनर डुबेको सुचना आफुहरुले पाएको बताए । भने, ‘ति मध्ये एउटा लत्ता कपडा भएको र अरु सबै स्याउ र लसुन भएको गाडी छ ।’

ट्रक तथा कन्टेनर व्यवसायीहरु हेलीकप्टर लिएर घटनास्थलमा जाने प्रयास गरेपनि गृहमन्त्रालयबाट सहयोग नभएको बताउँदै उनले क्षतिको यकिन विवरण सरकारी पक्ष र व्यापारीबाट पाउन नसकेको बताए । उनले क-कसको गाडी बगेको हो भन्ने विवरण संकलनमै समस्या भएको बताए ।