पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ५ रुपैयाँ, अरूमा कति ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा ५ रुपैयाँले मूल्य बढाएको हो ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेल र मट्टितेलको १४९ रुपैयाँ पुगेको छ ।





