विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किँदा एमालेमा हलचल, देखीयो दुई धार

मूलखबर संवाददाता
काठमाडौं, १५ असार ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरेपछि सत्तारुढ दल नेकपा एमालेमा हलचल पैदा भएको छ । मदन भण्डारी पत्नी विद्या भण्डारीको राजनीतिमा पुनरागमनलाई संस्थापन पक्षले आशंकाको रुपमा हेरेको छ भने इतर पक्षले खुलेर प्रशंसा र स्वागत गरेको छ ।

पति एवं तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४औं जन्मदिनका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रपतिको जिम्मेवारीबाट अलग भएलगत्तै पार्टी सदस्यता नवीकरण गरेको बताउँदै एमालेको एक सदस्इ भएर राजनीीतमा सक्रिय हुने घोषणा गरेकी थिइन् । । राष्ट्रपति बन्नुअघि उनी एमाले उपाध्यक्ष थिइन् । भण्डारीले अब एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताइन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

एमालेमा रहेर राजनीति यात्रालाई निरन्तरता दिए पनि आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा भने नभएको दाबी भण्डारीले गरिन् । ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो, ‘जनता भनेका भगवान हुन् ।’ साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गरेको छु ।’

कार्यक्रममा प्रमूख अतिथिको रुप्मा उपस्थित भएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विद्याको सम्वोधन सुन्ने धैर्यता नदेखाई कार्यक्रमको बीचैमा उठेर हिँडेपछि उनले विद्याको राजनीीतमा पुनरागमन स्वीकार गर्न नसकेको स्पष्ट भएको छ । त्यसो त विद्यालाई राजनीतिमा आउन विधानबाटै बन्देज गर्ने प्रस्ताव महासचिव शंकर पोखरेलले अगाडि सारेका थिए जुन सफल हुन पाएको छैन ।
भण्डारीको घोष्णालाइ  पुरै स्वागत गर्दै उपाध्यक्ष इश्वर पोखरेलले कार्यक्रममै एमालेभित्रका पीडितहरु एकतावद्ध हुन जरुरी भएको बताएका थिए ।