एसईईकाे नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत उत्तीर्ण ( यसरी हेर्नुस् नतिजा )
२०८१ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केहीबेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको हो ।
यसपटक ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ। यस वर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गत वर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।
यसपटकको नतिजा यसप्रकार रहेको छ ।
• ३.६ – ४.० जिपिए ल्याउने ४८ हजार १७७
• ३.२-३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना
• २.८-३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना
• २.४-२.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना
• २.०-२.४ जिपिए ल्याउने ४ हजार १२६ जना
• १.६-२.० जिपिए ल्याउने ८ जना ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने रिजल्ट विभिन्न माध्यमबाट हेर्न सकिनेछ । एसईई–२०८१ को नतिजासम्बन्धी विवरणSMS, IVR तथा WEBSITE बाट प्रकाशन हुने बोर्डले जनाएको छ । नतिजा सार्वजनिक भएलगत्तै, वेबसाइटहरूमा सम्पूर्ण विवरण (ग्रेडसिट) अपलोड हुन केही समय लाग्ने बताइएको छ । अन्य सूचनामा प्रकाशित वेबसाइटहरूबाट भने प्राप्त जिपीए (GPA) मात्र तुरुन्तै हेर्न सकिनेछ । नतिजा हेर्दा धैर्य अपनाउन र आधिकारिक स्रोतहरूमा भर पर्न बोर्डले अनुरोध गरेको छ ।





