एमालेले फेरी सार्यो उमेर हदको विषय, अब विधान महाधिवेशनले निर्णय गर्ने
सत्तारुढ दल नेकपा एमालेले अध्यक्ष केपी ओलीको दवावमा उमेर हदको निर्णय फेरी पर सारेको छ । पार्टीभित्र नेतृत्वको उमेर हद लागु ७० वर्ष गर्नुपर्ने दबाब तिबै भएतापनि अध्यक्ष केपी ओलीको कारण उमेर हदको निर्णय लागु हुन सकेको छैन । पटक पटकका बैठक र भेलाहरुमा उमेर हद लगाउने कुरा उठेता पनि ओल्ीले त्यसलार्य आफ्नो उमेर वढी भइसेको कारण पछि सार्दै आइरहेका छन् ।
आज बसेको सचिवालय बैठकमा पनि उमेर हद लागु गर्ने विषयमा बहस भएपछि नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनबाट लगाएको ७० वर्षे उमेर हद स्थगनको विषय आगामी भदौ महिनामा हुने विधान महाधिवेशनमा निर्णयार्थ पेस गर्ने गरी पर सारेको हो ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उमेर हदको विषय १० औँ महाधिवेशनले व्यवस्था गरेको जानकारी नै छ । पछि केन्द्रीय समितिबाट स्थगन गरेको पनि सबैलाई जानकारी छ । अब यो प्रस्ताव विधान महाधिवेशनमा निर्णयार्थ पेस हुन्छ विधान महाधिवेशनले जे निर्णय गर्छ सोही अनुसार विधान बन्छ ।’
उनले उमेर हदबारे आवश्यक निर्णय विधान महाधिवेशनले गर्ने भएकाले यो विषयलाई लिएर धेरै अनुमान गर्नुपर्ने आवश्यकता नरहेको बताए ।साथै उनले यसलाई सिद्धान्तको विषय बनाउनु उचित नहुने भन्दै प्राविधिक विषय भएकाले आवश्यकता र औचित्यताका आधारमा निर्णय हुने बताए ।





