पुर्वाधार समितिका सांसदहरूले गरे ग्वार्काे ओभरपासकाे अनुगमन

मूलखबर संवाददाता
काठमाडौं, ४ असार

संघीय संसद अन्तरगत संसदीय समितिका सदस्यहरूले ग्वार्को ओभरपासको निरीक्षण गरेका छन्।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समिति सदस्यहरूले ओभरपासकाे निरिक्षण गरेका हुन् ।  समितिका सभापति दीपक सिंहको संयोजकत्वमा गएका सांसदहरूकाे टाेलीले ललितपुरको ग्वार्को स्थित ओभरपास स्थलगत अनुगमन गरेको हो।

पटक पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी पछिल्लो समय निर्माण सम्पन्न गरिएको सो ओभरपास यही ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उत्घाटन गर्ने तय भएको छ।