प्रतिनिधिसभा बैठक असार ५ गते सम्मका लागि स्थगित
रास्वपाले निरन्तर सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ। रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर गरेर स्थगित गरिएको हो।
मंगलबार सभामुख देवराज घिमिरेले असार ५ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्।





