नवौं सिल्क रोड रोड एक्सोमा उपाध्यक्ष घिमिरेको सम्वोधन

मूलखबर संवाददाता
काठमाडौं, ८ जेठ

छिमेकी मित्रराष्ट्र चिनको भ्रमणमा रहेका राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे नेनृतत्वको टोलीले सान्सी प्रान्तमा आयोजना भएको गरिबी नियन्त्रण र दिगो विकास विषयक कार्यक्रममा सहभागिता जनाएको छ । कार्यक्रममा उपाध्यक्ष घिमिरेले नेपालको तर्फबाट विशिष्ट अतिथिको रुपमा सम्वोधन गर्नुभएको छ ।

त्यसैगरी प्रतिनिधिमण्डलले नवौं सिल्क रोड इन्टरनेशनल एक्स्पोजिसन कार्यक्रममा पनि सहभागिता जनाएको छ । सान्सी प्रान्तमा भएको कार्यक्रममा चिनिया कम्युनिष्ट पार्टीमा केन्द्रीय समितिका उपाध्यक्ष सेन युइको प्रमुख उपस्थिति रहेको थियो । सो कार्यक्रममा सान्सी प्रदेश कमिटिका सचिव तथा सान्सी जनकंग्रेसका स्थायी समिति अध्यष जाओ इदे र नेपालका राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले सम्वोधन गर्नुभएको थियो । त्यसैगरी सो कार्यक्रममा टर्कीका यातायात तथा पुर्वाधार मनत्री अब्दुरकादिर उरालोगु दुबइका राजपरिवार सदस्य सइख मोहमद नइनले पनि कार्यक्रममा सम्वोधन गर्नुभएको थियो ।

कार्यक्रममा उइगुर प्रान्तका कम्युनिष्ट पार्टी सेक्रेटरी तथा गभर्नर इरकिन तुनियाज र फुजियान प्रदेश कमिटिका स्थायी समिति सदस्य तथा सहायक गभर्नर वाङ योङीले पनि कार्यक्रममा सम्वोधन गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलले चाइना कुइयान इन्जीनियरिङ कर्पोरेशन र सान्सी रेल कम्पनीको पनि अवलोकन भ्रमण गरेको छ ।

नेपालका सांसदहरूको एक प्रतिनिधिमण्डल चिनको औपचारिक भ्रमणमा छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको नेतृत्वमा राष्ट्रिय सभाका दुई र प्रतिनिधि सभाका दुईसमेत गरी ५ जना सांसदसहितको ८ सदस्यीय प्रतिनिधिमण्डल सोमबार त्रिभुवन विमानस्थलबाट साताव्यापी चिन भ्रमणका लागि प्रस्थान गरेको थियो ।

घिमिरेको नेतृत्वमा प्रतिनिधि सभाका सदस्य उर्मिला माझी र दिनेश कुमार यादव तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुषाल र सुमित्रा विसी भ्रमणमा छ । भ्रमण दलमा संसद सचिवालयका उपसचिव पुष्प प्रकाश खनाल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका निजि सचिव प्रेम बहादुर सिंह रहेका छन् ।

प्रतिनिधिमण्डल जेठ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।