काठमाडौंकाे मखनटाेलमा ग्याँस चुहिएर आगलागी, १ काे मृत्यु
नेपालकाे संघीय राजधानी काठमाडौंकाे मुटु तथा व्यारिक केन्द्र मखनटाेलमा ग्याँस चुहिएर आगलागी हुँदा १ जनाकाे ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी भएको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको हाे ।
प्रहरीले ग्याँस लिक भएर आगलागी भएको र अहिले मृतकको शव फेलापरेको बताएको छ । बाेहाेराका अनुसार सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी रहेको उनले बताए।